बैंकको लेखापरीक्षण अघि बढाउन आईएमएफको जोड


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ९ २०८१
2.2K
SHARES

९ असोज काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका १० ठूला वाणिज्य बैंकको सम्पत्ति मूल्यांकन (एसेट पोर्टफोलियो रिभ्यू) प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ । आईएमएफले बैंकहरुमा बढ्दो खराब कर्जाले वित्तीय क्षेत्रमा नै असर पार्ने भन्दै १० ठूला बैंकको लेखापरिक्षण गराउने प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको हाे ।

केही समयअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोगमा नेपालका कुल २० वाणिज्य बैंकमध्ये १० वटा ठूला बैंकको बाह्य लेखा परीक्षण गर्ने सहमति भएको थियो। मार्च २०२३ मा आईएमएफले नेपाल सरकारलाई उपलब्ध गराउने विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत रुपैयाँ ३९५ मिलियन डलर प्रदान गर्नका लागि प्रमुख सर्तका रुपमा अन्तर्राष्ट्रिय अडिटरमार्फत नेपालका ठूला बैंकहरूको लेखापरीक्षण गर्नुपर्ने सर्त राखेको थियो।