नेपालबाट बाहिरियो १२ करोड रुपैयाँ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ११ २०८१
2.1K
SHARES

११ असोज काठमाडौं। चालू आर्थिक वर्षको पहिलो महिनामै बौद्धिक सम्पत्ति खरिदमा नेपालीले १२ करोड रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा बौद्धिक सम्पत्ति खरिद तथा प्रयोग गरेबापत नेपालबाट साउन महिनामा मात्रै १२ करोड ७ लाख रुपैयाँ बाहिर गएको हो।

यस्तै सोही शीर्षकमा नेपालमा भने ५ लाख रुपैयाँ मात्रै भित्रिएको छ। नेपाल राष्ट्र बैंकले शोधनान्तर तथ्यांकलाई अन्तर्राष्ट्रिय मापदण्ड बीपीएम सिक्सअनुसार लगेसँगै बौद्धिक सम्पत्ति आयातनिर्यातको समेत तथ्यांक राख्न थालेको छ।