एक करोड माथिको सेयर कर्जा लिने बढे


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ११ २०८१
2.1K
SHARES

११ असोज काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै सेयर धितोमा जाने कर्जा एक अर्ब ३५ करोड रूपैयाँले बढेको छ। गत असारमा ९० अर्ब सेयर धितो कर्जा गएकोमा साउनमा ९१ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।

एक करोड रूपैयाँभन्दा माथि रकमको कर्जा ३.९ प्रतिशत (दुई अर्ब १७ करोड रूपैयाँ)ले बढेर ५८ अर्ब १० करोड पुगेको छ। ५० लाखदेखि एक करोड रूपैयाँसम्मको यस्तो कर्जा ०.४ प्रतिशतले बढेर १२ अर्ब ४७ करोड पुगेको छ।

बैंकहरूले जारी गर्ने कर्जामा प्रडक्टका आधारमा आयातमा आधारित कर्जा र सेयर कर्जामा मात्रै वृद्धि देखिएको हो। आयातमा आधारित कर्जा ९.४ प्रतिशतले बढेर ९० अर्ब रूपैयाँ पुगेको छ।