घट्यो बैंकहरुको बेस रेट, कुन बैंकको कति ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज १७ २०८१
2.5K
SHARES

१७ असोज काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) घटेको छ । असोजमा ०.२२ प्रतिशत बिन्दुले बेस रेट घटेको छ । गत भदौ महिनामा पनि बैंकहरुका औसत आधार दर ७.९१ प्रतिशत रहेको थियो । तर, असोजमा भने थप घटेर ७.६९ प्रतिशत कायम भएको छ ।हाल बैंकहरुको आधार दर ६ प्रतिशत बिन्दुको लाइनमा झरेको छ । २० वटै बैंकहरुको आधार दर महिनैपिच्छे घटिरहेको छ ।बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै निक्षेपको ब्याजदर पनि निरन्तर घटिरहेको छ ।

हाल असोजमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ६.०३ प्रतिशत कायम भएको छ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ६.३७ प्रतिशत बिन्दुमा झरेको छ । यी दुई बैंकसहित १४ वटा बैंकको आधार दर ८ प्रतिशत तल छ ।

हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । यद्यपि, हाल बैंकहरुले कर्जा लगानी विस्तारका लागि कम प्रिमियम तोकको छ । कतिपय बैंकहरुले ०.२५ प्रतिशत प्रिमियममै कर्जा उपलब्ध गराउने स्किम समेत ल्याएका छन्

असोजका लागि एभरेष्ट बैंकको आधार दर ७.०४ प्रतिशत, नबिलको ७.२४ प्रतिशत, नेपाल बैंकको ७.२८ प्रतिशत, ग्लोबल आइएमईको ७.४७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.४९ प्रतिशत कायम भएको छ ।

कृषि विकास बैंकको आधार पनि ७.६४ प्रतिशत, सानिमाको ७.६५ प्रतिशत, एनएमबिको ७.७२, सिद्धार्थको ७.७४ प्रभुको ७.७७, माछापुच्छ्रेको ७.८, नेपाल एसबिआईको ७.९१ प्रतिशत छ ।

त्यसैगरी लक्ष्मी सनराइजको ८.१७ प्रतिशत, सिटिजन्स बैंकको ८.२५ प्रतिशत, प्राइम कमर्सियलको ८.३५ प्रतिशत, हिमालयनको ८.३९, कुमारीको ८.४६ र एनआइसी एशिया बैंकको ९.०६ प्रतिशत रहेको रहेको छ ।

हेर्नुहोस् सूची

स्ट्यान्डर्र चार्टर्ड

भदौ ६.२२
असोज ६.०३

राष्ट्रिय वाणिज्य बैंक

भदौ ६.६६
असोज ६.३७

एभरेष्ट

भदौ ७.२९
असोज ७.०४

नबिल

भदौ ७.२४
असोज ७.४२

नेपाल बैंक

भदौ ७.५४
असोज ७.२८

ग्लोबल आइएमई

भदौ ७.७७
असोज ७.४७

एनआइएमबी

भदौ ७.६४
असोज ७.४९

कृषि विकास

भदौ ७.९६
असोज ७.६४

सानिमा

भदौ ७.८३
असोज ७.६५

एनएमबी

भदौ ७.९८
असोज ७.७२

सिद्धार्थ

भदौ ७.९३
असोज ७.७४

प्रभु

भदौ ७.९५
असोज ७.७७

माछापुच्छ्रे

भदौ ८
असोज ७.८

नेपाल एसबिआइ बैंक

भदौ ८.११
असोज ७.९१

लक्ष्मी सुनराइज

भदौ ८.३९
असोज ८.१७

सिटिजन्स

भदौ ८.४२
असोज ८.२५

प्राइम कमर्सियल

भदौ ८.५७
असोज ८.३५

हिमालयन

भदौ ८.५३
असोज ८.३९

कुमारी
भदौ ८.९
असोज ८.४६

एनआइसी एशिया
भदौ ९.९१
असोज ७.६९