कुमारी बैंकको ‘दसैँ दक्षिणा अफर’मा २५ प्रतिशत क्यासब्याक पाइने


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २१ २०८१
2.8K
SHARES

२१ असोज काठमाडौं । कुमारी बैंकले आउँदो विजयादशमीका अवसरमा आफ्ना सेवाग्राहीलाई शुभकामनास्वरूप ‘दसैँ दक्षिणा अफर’ ल्याएको छ ।बैंकले घटस्थापनादेखि महानवमीसम्मको नौ दिनका निम्ति दसैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको छ ।विजयादशमीका दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने एक हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गरिने बैंकले जनाएको छ ।

यस्तै, एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको चार दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तानी गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँबराबरको दसैँ दक्षिणा प्राप्त गर्न सक्ने जनाइएको छ ।

सेवाग्राहीको संख्या बढाउन बिहान ८ देखि राति ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।कुमारी बैंकले देशभर ३०२ शाखा कार्यालय, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।