बन्चरोले हानेर श्रीमतीको हत्या


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २५ २०८१
3.2K
SHARES

२५ असोज कैलाली । कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बिहीबार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका  प्रमुख प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर थापाले जानकारी दिए । अहिले बन्चरो प्रहार गर्ने श्रीमान्लाई इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ। हिरादेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।