बैंकहरूको औसत आधार दर ७.३४ प्रतिशत


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१
2K
SHARES

९ कात्तिक काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्य बैंकहरुको आधार दर औसतमा ९.९८ प्रतिशत रहेकोमा चालु आवको असोज मसान्तसम्म ७.३८ प्रतिशतमा झरेको छ । सबै वाणिज्य बैंकहरुको आधार दर ९ प्रतिशत तल आइपुगेको छ ।

स्टाण्डर्ड चार्टर्डको आधार दर सबैभन्दा तल रहेको छ । यस बैंकको आधार दर ५.७१ प्रतिशतमा झरेको छ । सबैभन्दा धेरै एनआईसी एशिया बैंकको आधार दर ८.३७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष चैतमा ११ वटा बैंकको आधार दर दाहोरो अंकमा थियो । ७ बैंकको पनि ९ प्रतिशत भन्दा तल आउन सकेको थिएन ।

कुन बैंकको कति आधार दर ?

बैंक २०८१ असोजको बेसरेट २०८० असोजको बेसरेट
नबिल ७.०२ ९.५८
नेपाल इन्भेष्टमेन्ट मेगा ७.०८ ९.९५
स्ट्यान्डर्ड चार्टर्ड ५.७१ ८.४२
हिमालयन ८.३५ १०.८६
नेपाल एसबिआई ७.७२ १०.२५
एभरेष्ट ६.८ ९.७०
एनआईसी एसिया ८.३७ १०.५६
माछापुच्छ्रे ७.६१ १०.०१
लक्ष्मी सनराइज ७.७९ १०.८०
कुमारी ७.४८ १०.९१
सिद्धार्थ ७.५८ ९.५३
सानिमा ७.२४ ९.७५
एनएमबि ७.४९ ९.८५
प्रभु ७.६५ १०.१४
ग्लोबल आइएमई ७.२९ १०.०७
सिटिजन्स ७.९२ १०.६०
प्राइम कमर्सियल ७.९२ १०.६४
कृषि विकास ७.०७ १०.३८
नेपाल ६.७२ ९.१९
राष्ट्रिय वाणिज्य ६.०५ ८.३२
औसत ७.३४ ९.९८