जनकपुरबाट २२१ किलो गाँजासहित एकजना पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १२ २०८१
2.1K
SHARES

१२ कात्तिक जनकपुरधाम । जनकपुरधामबाट प्रहरीले २२१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित चेकजाँचको क्रममा बाबा आयलस सेन्टर नजिकबाट ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको हो ।

ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चालक प्रकाशमाथि थप अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।