प्रहरीलाई अनुसन्धानमा सघाउन हिँडे – पूर्वमन्त्री अधिकारी


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१
3.6K
SHARES

२५ कार्तिक विराटनगर । जापान काण्डमा मुछिएपछि पक्राउ परेका कोशीका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीले प्रहरीलाई सहयोग गर्ने बताएका छन् ।

डेराबाट प्रहरीले पक्राउ गरि उनलाई विराटनगर विमानस्थलमा लैजानु अघि उनले आफू कानुन मान्ने मान्छे भएको बताए उनले भने, ‘म कानुन मान्ने मान्छे हो मैले अनुसन्धानमा सहयोग गर्नु पर्छ ।

उनले संक्षिप्त प्रतिक्रिया दिँदै आफूलाई फसाइएको बताए ।‘गल्तीले गर्दा दलालको फन्दामा परे ।,’ उनले भने, ‘अनुसन्धानलाई पूर्णतचा दिन म आँफै जाने तयारीमा थिए ।’