११ अंकले घट्यो नेप्से


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१
2.1K
SHARES

२७ कार्तिक काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ११.२४ अंकले घटेको छ । नेप्से ०.४० अंकले घटेर २७४८.९६ को विन्दुमा झरेको छ ।यस दिन एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर सात अर्ब ८५ करोड ९७ लाख रुपैयाँमा किनबेच भयो । सोमबार (हिजो) दुई करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

मंगलबार सबैभन्दा धेरै कमाउने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउने गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये तीनवटाको मात्र समूहगत परिसूचक बढेको छ ।आज ८० कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।