वर्ल्डलिंकले तिर्‍यो २ अर्ब १५ करोड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१
2K
SHARES

३० कार्तिक काठमाडौं । १० वर्षदेखि सरकारलाई अटेर गर्दै आएको वर्ल्डलिंक कम्युनिकेशनले अन्ततः राज्यलाई तिर्नुपर्ने रोयल्टी र ग्रामीण दूरसञ्चार कोषको राजश्व दाखिला गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा वर्ल्डलिंकले शुक्रबार २ अर्ब १५ करोड रूपैयाँ राजश्व बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

वर्ल्डलिंकले अन्य मिडियामा ठूलो रकम खर्च गरेर राजश्व छलीको समाचार रोकेको थियो ।  सञ्चार मन्त्रालयले गठन गरेको समितिले समेत वर्ल्डलिंकले राजश्व छलेको रिपोर्ट दिएपछि अदालत गएको थियो ।