व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर २ २०८१
2.3K
SHARES
२ मंसिर काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा निश्चल सुनार छन् । उनलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
कात्तिक ११ गते लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा नुवाकोटको ककनी गाउँपालिका-६ का ३५ व्यवसायी लामाथि रड प्रहार भएको थियो ।चार जनाको समूहले आक्रमण गरेको बताइए पनि दुई जना अझै फरार छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट