धरौटीमा छोडिदिनुस् – रवि , अर्को ठाउँमा लगिहाल्छ – न्यायाधीश


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०८१
3.5K
SHARES

९ मंसिर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई हिरासतमुक्त गर्न गरेको आग्रहलाई कास्की जिल्ला  अदालतका न्यायाधीशले अस्वीकार गरेका छन्। न्यायाधीश हिमलाल बेलबासेको इजलासमा सभापति लामिछानेले आफूलाई धरौटीमा रिहा गर्न आग्रह गरेका थिए। उक्त आग्रह सुनेपछि न्यायाधीश बेलबासेले कास्कीबाट रिहा भए पनि अन्यत्र लैजाने भएकाले हिरासतमा राख्ने म्याद थप गर्ने बताएको बहसमा उपस्थित कानुन व्यवसायीले बताएका छन्।

‘रवि लामिछानेले इजलासमा श्रीमान् मलाई बाहिर बस्न दिनुस्, म कतै जादिनँ, भाग्दिनँ, अदालतलाई सहयोग गर्छु। धरौटीमा छोडिदिनुस् भन्नुभएको थियो,’ इजलासमा उपस्थित एक कानुन व्यवसायीले भने, ‘जबाफमा न्यायाधीशले तपाईंविरूद्ध धेरै ठाउँमा मुद्दा छ, यहाँबाट रिहा गरे पनि अर्को ठाउँमा लगिहाल्छ, तपाईं यहीँ बस्नुस्। तपाईंलाई अहिले म्याद थप्छु।’