श्रेष्ठ बने धितोपत्र बोर्ड अध्यक्ष


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १० २०८१
2.2K
SHARES

१० मंसिर काठमाडौं । नेपाल धितोपात्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सेबोन करिब १ वर्षदेखि अध्यक्षविहीन थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ ।