एकल हिरासत कक्षमा रविलाई राखियो
१३ मंसिर काठमाडौं । सहकारी ठगी मुद्दामा बयानका निम्ति पोखराबाट काठमाडौं झिकाइएका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई एकल बसाई हुने गरी हिरासतको व्यवस्था मिलाइएको छ ।
जिल्ला प्रहरी परिसर, भद्रकालीमै रहेको एक हिरासत कक्षामा उनलाई राखिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । सामान्यतया हाइप्रोफाइल थुनुवाले आवासीय सुविधायुक्त कोठा वा अस्पतालमा बस्न रुचि राख्छन् । ।
तर, लामिछानेले त्यस्तो केही माग नगरेको प्रवक्ता अधिकारीले बताए । ‘यहाँ विभिन्न प्रकारका हिरासत कक्ष छन्, उहाँलाई तीनैमध्ये एउटामा राखेका छौं’, उनले भने ।