रवि लामिछानेलाई पोखरा फर्काइयो
१८ मंसिर काठमाडौ । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँबाट आज (मंगलबार) पोखरा फर्काइँदै छ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको जहाजमा चढाएर अघि बिहान उनलाई पोखरातर्फ उडाइएको हो।
पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन गत शुक्रबार काठमाडौँ ल्याइएको थियो।