जुवातास खेलेको आरोपमा काठमाडौंबाट १६ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१
2.7K
SHARES

२३ मंसिर काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंका दुई ठाउँबाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।यसैगरी नागार्जुन नगरपालिका–३ गैरीगाउँ बस्ने हर्कबहादुर गुरुको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार ७ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।