रवि लामिछानेलाई एयरपोर्ट पुर्याइयो
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर २४ २०८१
3.7K
SHARES
२४ मंसिर पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ। उनलाई पर्सा लैजाने प्रयोजनका लागि प्रहरीले विमानस्थल लगेको हो ।प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौँ ल्याएर काठमाडौँबाट फेरि सिमरा हुँदै पर्सा लैजाने तयारी छ ।
सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान लागेको हो ।लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट