गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
२४ मंसिर रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्रामको सुनको सिक्रीसहित तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३६ वर्षीय जनार्दन गुप्ता रहेका छन् ।
गुप्तासँगै उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।फ्लाई दुबईको उडानमार्फत दुबईबाट आएका उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।