‘हनी ट्र्याप’ आरोपी शोभा पाठक पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १ २०८१
3.1K
SHARES

१ पुस काठमाडौं । ‘हनी ट्र्यापर’ को आराेप लागेकी धादिङकी शोभा पाठकलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणमा लिएको छ । साइबर अपराधको उजुरीमा उनलाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ ।

जानुका पाठक भनिने शोभा पाठकविरुद्ध मंसिर १८ मा विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाहीका लागि पक्राउ पुर्जी जारी भएको प्रहरी बृत्त स्वयम्भूका डीएसपी उध्दव भाटले बताए । उनलाई खोजी गर्ने क्रममा जिल्ला अदालतबाट नियन्त्रणमा लिइएको हो ।पाठकले यसअघि एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतविरुद्ध समेत मुद्दा मामिला गरेकी थिइन् । बस्नेतसँग ठूलो धनराशी माग गरेर ब्ल्याकमेल गरेकाे आराेपमा उनीविरुद्ध आपराधिक लाभको मुद्दा चलेको थियो । बस्नेतविरुद्ध उनले दायर गरेको रिट अदालतले खारेज गरेको थियो । उनले यसअघि पनि विभिन्न व्यक्तिसँग विहे गर्दै रकम लिएर छाड्ने गरेको आरोप छ ।