हस्ताक्षर गरेको खाली चेकको दुरूपयोग भयो – सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ७ २०८१
4.9K
SHARES

७ पुस काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूले खाली चेकमा हस्ताक्षर गरेको स्वीकार गर्दै त्यसको दुरूपयोग भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा बुझाएको अभियोगपत्रमा यस्तो दाबी गरिएको उल्लेख छ ।

“कुनै सहकारीबाट ऋण तिर्नु भन्ने कुनै सूचना, जानकारी, पत्रलगायतको कुनै ताकेता भएको अवस्था समेत थिएन,” उनको बयानमा उल्लेख छ,“मलाई लाग्छ, प्रस्तुत चेकहरु या त मैले माथि उल्लेख गरेजस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छाडेको खाली चेकहरुको दुरुपयोग हो, या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम मेरो जानकारी विना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराई पछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य त्रगरेको चेकहरु हुन सक्छन् ।”