रवि लामिछानेको फोटो ‘सार्वजनिक गर्ने’ भुसाल पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ७ २०८१
4.7K
SHARES

८ पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको हो ।

आजैमात्र उनी बुटवलबाट काठमाडौं आएको सूचनाका आधारमा भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।