शेयर बजारमा २८.९१ अंकको वृद्धि


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस ८ २०८१
2.8K
SHARES

८ पुस काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको सुधार भएको छ । आइतबार १३.५३ अंकले घटेको नेप्से आज २८.९१ अंकले बढेर २ हजार ६ सय १२ दशमलब २० विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार नेप्सेमा आज ४ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा १९४ कम्पनीको शेयरमूल्य बढ्दा ४२ को घट्यो भने ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।