बालिका बलात्कारको आरोपमा युवक पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस ११ २०८१
2.9K
SHARES

११ पुस काठमाडौं । बालिका बलात्कारको आरोपमा रूपन्देहीमा एकजना पक्राउ परेका छन् । बुधबार राति प्रहरीले सैनामैना नगरपालिका–३ स्थित सरौलीका २५ वर्षीय सागर थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सागरले ती बालिकालाई बलात्कार गरेको सूचना पाएलगत्तै खटिएको इलाका प्रहरी कार्यालय रन्यौराको टोलीले उनलाई पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।