तस्करी गरिएको सुन लुटपाट, तीनजना पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २२ २०८१
2.3K
SHARES

२२ पुस काठमाडौं । महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा लुकाएर ल्याइएको सुन लुटपाट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।यही पुस १४ गते दुबईबाट नेपाल आएकी एक महिलाले प्याडभित्र लेपन बनाएर सुन तस्करी गरेकी थिइन् । उक्त सुन सम्बन्धित ठाउँमा नपुगी लुटिएको थियो । सोही सुन लुटपाटमा संलग्न तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएको शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ का २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ की ३२ वर्षीया मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ का २२ वर्षीया लालबहादुर तामाङ छन् ।पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।लुटपाटमा संलग्न केही व्यक्ति अझै फरार छन् । करिब आधा किलो लेपन लगाइएको सुन प्रहरीले बराबद गरको छ ।