व्यवसायी धम्क्याएको आरोपमा प्रसाईंविरुद्ध मुद्दा दर्ता
२५ पुस काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरु र व्यवसायीलाई धम्की दिएको आरोपमा विवादास्पद मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको हो ।
प्रसाईंलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा पक्राउ परेर अनुसन्धान गरिरहेका वेला यो प्रकरण पनि बाहिर आएको थियो । प्रहरीले फुयललाई पक्राउ गरेपछि यो मामलामा प्रसाईंको पनि संलग्नता खुलेको थियो ।पछि प्रसाईं सर्वोच्च अदालतको आदेशबाट छुटेका थिए । प्रतिवादीमध्ये मैनाली चाहिँ फरार छन् ।