रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा
९ माघ काठमाडौं । सुप्रिम सहकारी ठगी अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा हाजिर भएका छन्।लामिछानेको बयान जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा हुने प्रक्रिया अघि बढेको अदालतका स्रेस्तेदार तथा उपसचिव यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।
‘उहाँको बयान पक्रिया अघि बढिसकेको छ’, उनले नेपालखबरसँग भने, ‘उहाँको बयान ५ नम्बर इजलासमा तोकिएको छ।’ बयानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौँबाट विमानमार्फत हिजै (मंगलबार) रुपन्देहीको भैरहवा पुगेका थिए।