विक्रममाथि आक्रमण गर्ने दुईजना भारतबाट पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०८१
1.8K
SHARES

११ माघ काठमाडौं । काठमाडौंमा विक्रम लामामाथि आक्रमणमा संलग्न भनिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विक्रममाथि आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले केही दिनअघि काठमाडौंको लाजिम्पाटमा आक्रमण भएको थियो ।