स्याङ्जामा तास खेलिरहेका सातजना समातिए


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०८१
1.7K
SHARES

१८ फागुन काठमाडौं । स्याङ्जामा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ नगरपालिका–६, मिर्दीका ६८ वर्षीय तेजबहादुर थापासहितका व्यक्तिहरू छन् ।

थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार (फागुन १७) बेलुका उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।नगद ४२ हजार १३५ रुपैयाँ र २१३ पत्ती ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।