एनी कुवँर पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २५ २०८१
2.4K
SHARES

२५ चैत काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एनी कुवँरलाई पक्राउ गरेको छ । सोमबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

कार्यालयका एसपी अंगुर जीसीका अनुसार, उनलाई ललितपुरबाट पक्राउ गरिएको हो ।यही चैत १५ गते राजावादीले प्रदर्शन गरेको तीनकुने घटनामा उनीसमेत सहभागी थिइन् । आगजनी भएको घरमा उनी देखिएको भिडियो भाइरल भएको थियो ।

सोही घरको एउटा कोठामा रहेका पत्रकार सुरेश रजकको आगलागीबाट ज्यान गएको थियो । सुरेश कोठामा रहेका बेला कुवँरले भिडियो लाइभमा बोलेको सुनिन्छ ।यही घटनाबारे थप सोधपुछ गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उक्त घटना प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको समेत ज्यान गएको थियो ।