शिक्षकमाथि पानीको फोहोरा प्रहार
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख १४ २०८२
2.3K
SHARES
१४ वैशाख काठमाडौं । आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । आइतबार (वैशाख १४) नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले बताए ।
“प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ । लाठीचार्ज भएको छैन,” उनले भने । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनयता शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट