९५ लाख रूपैयाँ बढी रकमसहित ४ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २२ २०८२
2.2K
SHARES

२२ वैशाख काठमाडौं । स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रुपैयाँसहित चार जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौं महानगरपालिका ९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा २ वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा देखिएपछि प्रहरीले पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका सप्तकोशी नगरपालिका १ घर भएका ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र अर्का ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन् ।