स्रोत नखुलेको ४० लाखसहित दुईजना पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२
2.6K
SHARES

२४ वैशाख काठमाडौं । काठमाडौं प्रहरीले स्रोत नखुलेको ४० लाख ३२ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले गए राति भारतीय नागरिक सुरज दत्त र रूपन्देही देवदह नगरपालिका–१५ का धर्मप्रसाद ढकाललाई पक्राउ गरेको हो ।

उनीहरूलाई न्युरोडस्थित विशाल बजारको भुइँतलाबाट पक्राउ गरिएको परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।तीनदिन अघिमात्रै परिसरको टोलीले नै सिनामंगलबाट ९५ लाख रपैयाँसहित चार जनालाई पक्राउ गरेको थियो ।पछिल्लो समय स्रोत नखुलेको रकमको कारोबार हुने सूचनापछि प्रहरीले विशेष टोली खटाएको छ ।