सप्तरीमा लुटपाट र एकजनाको हत्या


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२
1.3K
SHARES

२३ जेठ सप्तरी । डाँकाको समूहले सप्तरीको सुरुंगा नगरपालिका–८ स्थित एउटा घरमा लुटपाट र एकजनाको हत्या गरेको छ । बिहीबार (जेठ २२) राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको र उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् ।चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको छ । डाँकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।