गाजा कसुरमा कैद तोकिएका व्यक्ति पक्राउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ २७ २०८२
1.1K
SHARES
२७ जेठ काठमाडौं । अवैध लागुऔषध गाजा कसुरमा कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ का ४४ वर्षीय श्याम कुस्ले छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई २५ जेठमा भक्तपुरबाट पक्राउ गरेको हो ।
गाजाको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले १९ मंसिर २०८० मा २ हजार जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो ।पक्राउ परेका उनलाई अदालत उपस्थित गराएर फैसला कार्यान्वयनका लागि कारागार पठाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट