सुन तस्करी प्रकरणमा अमला रोका पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ६ २०८२
1.5K
SHARES

६ असार काठमाडौं । सुन तस्करी प्रकरणमा फरार अभियुक्त अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा रोकालाई शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो ।

उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले डिफ्यूजन नोटिससमेत जारी गरेको थियो । उनी सुन तस्‍करीमै हाल पुर्पक्षको लागि कारागारमा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन् ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको ६१ किलो सुन बरामद गरेको थियो ।