ठेकेदार मनोज भेटवाल पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२
1.5K
SHARES

१३ असार काठमाडौँ । पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो । भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।