हतकडीसहित अदालतबाट थुनुवा भागे
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार १५ २०८२
1.5K
SHARES
१५ असार काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक थुनुवा भागेका छन् । आइतबार बयानका लागि अदालत पुर्याइएका थुनुवा पश्चिम रूकुमका २१ वर्षीय दशरथ शाही भागेका हुन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार, उनी चोरी मुद्दाका आरोपी हुन् । उनी जेठ ३० गते पक्राउ परेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट