बलात्कार गरेको आरोपमा सैनिक हवलदार पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १ २०८२
1.5K
SHARES

१ साउन काठमाडौँ । प्रहरीले बलात्कारमा संलग्न आरोपमा सेनाका एक जना हवलदारलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण घर भएर नागार्जुन नगरपालिका–६ स्थित तल्लो टौखेल बस्ने ३७ वर्षीय दीपक राउत छन् ।बालिकालाई बलात्कार गरेको आरोपमा बुधवार राति उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

राउतले ८ वर्षीया बालिकालाई नागार्जुनस्थित तल्लो टौखेलमा आफ्नै घरमा लगेर बलात्कार गरेको पीडित परिवारका सदस्यहरूले बताएका छन् । राउत कपिलवस्तुस्थित शमशेरदल गण गोरुसिङ्गेमा कार्यरत छन् ।

राउतमाथि प्रहरी वृत्त स्वयम्भुले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । बालिकाकी आमाले आरोपी विरुद्ध प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिएकी छिन् ।