पाल्पामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन १२ २०८२
4.2K
SHARES
१२ साउन काठमाडौं । पाल्पामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामपुर नगरपालिका–१०, कुमालगाउँका २१ वर्षीय रविन कुमाल छन् ।
१९ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (साउन ११) बेलुका उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।रविनले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट