हवाई फायर गरेर २ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १८ २०८२
1.5K
SHARES

१८ साउन काठमाडौं । प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन्  ।

उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।