तारकेश्वरका वडाध्यक्षसहित ११ जना प्रहरी नियन्त्रणमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २० २०८२
4.6K
SHARES

२० साउन काठमाडौं । प्रहरीले तारकेश्वर नगरपालिका–११ का वडा अध्यक्षसहित ११ जना पक्राउ परेका छन् । अध्यक्ष कविराज बस्नेतसहित ११ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार महानगरपालिका–१६ र तारकेश्वर–११ को सीमामा पर्ने करिडोर निर्माणका क्रममा झगडा भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

शहरी विकास प्राधिकरणले खोला करिडोरको बाटो विस्तार गर्न टेन्डर निकालेको थियो । सोही अनुसार ठेकेदारले काम अघि बढाएका थिए ।तर, तारकेश्वर–११ का अध्यक्षसहित अन्य आरोपीले ठेकेरदारमाथि असार २३ गते आक्रमण गर्दा एकजनाको टाउको गम्भीर चोट लागेको थियो । सोही विषयमा जिल्ला सरकारी वकिल कार्यालयमा उजुरी परेको थियो ।सोही उजुरीका आधारमा प्रहरीले मंगलबार पक्राउ गरेर अनुसन्धान थालेको हो ।