वडा सदस्य भट्ट बैंकिङ ठगी मुद्दामा पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२
1.2K
SHARES

२९ साउन काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–४ का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य लोक बहादुर भट्ट ठगी मुद्दामा पक्राउ परेका छन्। गोरखामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका भट्ट बैंकिङ कसुर मुद्वाका फरार अभियुत्त भएको गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए । आफ्नो खातामा पर्याप्त रकम नहुदा नहुदै ५ लाख रुपैयाँको चेक दिएका उनले चेक अनादार भए लगत्तै पिडित अदालतमा हालेको मुद्वामा उनी दोषी ठहर भएका हुन् ।

उच्च अदालत तुलसीपुर, नेपालगञ्जको फैसलाबाट ७ दिन कैद र ५ लाख जरिवाना फैसला भएका भट्ट गाउँपालिकाको नियमित काममा भएपनी प्रहरीले उनलाई फरारको सूचीमा राखेको थियो ।उच्च अदालतको फैसला कार्यान्वयनकालागि गोरखा अदालतले प्रहरीलाई पत्राचार गरे लगत्तै भट्टलाई गोरखा प्रहरीले साउन २२ गते घरबाटै प्रकाउ गरेको थियो ।

कैदको म्याद सकिए पनि उनले जरिवाना बापतको रकम दाखिला गर्न नसकेपछी पुन गोरखा कारागारमा नै राखिएको गोरखा प्रहरीले जानकारी दिएको छ । २२ गते पक्राउ परेका उनलाई २३ गते गोरखा जिल्ला अदालत पेश गरिएकोमा अदालतले ७ दिन कैदकोलागि कारागार चलान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार भट्टलाई फैसला कार्यान्वयन संगै कैद भुक्तानपछी बारा जिल्ला अदालतमा समेत बैंकिङ कसुर मुद्वा दर्ता भएकोले जिल्ला प्रहरी कार्यालय बारामा बुझाउनु पर्नेछ ।यता उनी पक्राउ परेपछी उनको वडा सदस्य पद के हुने भन्ने बारे पालिकाले अनविज्ञता व्यक्त गरेको छ । भट्ट गएकाे स्थानिय चुनावमा गण्डकी गाउँपालिका-४ काे वडा सदस्यमा नेपाली काँग्रेसबाट विजयी उमेम्दवार हुन् ।