रुवी हत्याका आरोपी आगो लागेको अवस्थामा भेटिए


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ११ २०८२
4.3K
SHARES

११ भदौ काठमाडौं । रौतहटमा सुटकेशभित्र हत्या गरिएको अवस्थामा फेला परेकी रुवी साहको हत्या आरोपी जलेको अवस्थामा फेला परेका छन् । आरोपी लक्ष्मण पासवान रौतहटमै जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।मधेस प्रदेशका डीआईजी उमा चतुर्वेदीले दिएको जानकारीअनुसार जलेको अवस्थामा पासवान फेला परेका हुन् । उनलाई थप उपचारका लागि अहिले वीरगन्ज लगिएको छ ।

रुवीलाई पासवानले आफ्नै कोठामा बोलाएर हत्या गरेको खुलेको छ । पासवानले आफ्नो शरीरमा आफैँ आगो लगाएको आशंका प्रहरीले गरेको छ । तर अनुसन्धान जारी रहेको डीआईजी चतुर्वेदीले जानकारी दिए ।