सुन धितो राखेर मिटरब्याजमा पैसा लगाउँथे वीरेन्द्र, चार करोड नगद र दुई किलो सुन बरामद


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १७ २०८२
1.6K
SHARES

१७ भदौ काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुस्थित एक घरमा करिब तीन घण्टादेखि छापा मारिरहेको छ । अवैध सुन तथा हुन्डीको रकम रहेको सूचनाका आधारमा काठमाडौं प्रहरीको टोलीले छापा मारेको हो ।

प्रहरीले गोरखाका वीरेन्द्रबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर छापा मारेको हो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङका अनुसार, छापा मारिएको घरबाट तीन करोड ७६ लाख नगद रुपैयाँ र झन्डै दुई किलो सुन पनि बरामद गरिएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, श्रेष्ठले मिटरब्याजमा पैसा लगाउने र सुन धितो राख्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको छ ।