जुवा खेलिरहेका ७ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २२ २०८२
1.9K
SHARES

२२ असोज सुनसरी । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी गाउँपालिका-१ लौकहीस्थित एक गोदाम घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ५२ वर्षीय रमानन्द महतो समेत ७ जना छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ।प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।