पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको जाहेरी


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
1.8K
SHARES

२७ असोज काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्वएइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएको छ ।सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रुपैयाँ २ ट्रकमा निकालिएको दाबी गरेका थिए ।

प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा बुझाइएको हो । जाहेरी आइतबार नै बुझाइएको आचार्यले नेपाल प्रेसलाई बताए । यसअघि सचिवालयले वक्तव्य जारी गर्दै सुवेदीलाई २ करोडको प्रमाण पेश गर्न चुनौती दिएको थियो ।

उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।