म्याग्दीबाट ‘रोल नंं. १’को छायांकन सुरु
१५ मंसिर काठमाडौं । चलचित्र ‘रोल नंं. १’को छायांकन सुरु भएको छ । दुई हप्ता लामो वर्कसपपछि म्याग्दीबाट चलचित्रको छायांकन सुरु भएको हो ।करिब डेढ महिना छायांकनको सेड्युल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए । चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, सुन्दर धिताल र निर्भिक रेग्मी छन् ।
जोन योञ्जनले निर्देशन रहने चलचित्रमा कथा पनि उनी स्वयंको छ । चलचित्र ‘रोल नंं. १’ बाल मनोवैज्ञानमा आधारित रहने निर्माणपक्षले बताएको छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहनेछ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन् ।शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रलाई मदन घिमिरेले सम्पादन गर्नेछन् ।