भरतपुर आँखा अस्पताललाई पाकिस्तानको १० लाख सहयोग


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १७ २०८२
1K
SHARES

१७ मंसिर काठमाडौं । पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति १० लाख रुपैयाँ प्रदान गरेको छ । अस्पताल परिसरमा मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

सो अवसरमा राजदूत हास्मीले पाकिस्तानी सहयोगमा निर्मित उक्त अस्पतालको सुदृढीकरणका लागि निरन्तर सहयोग गर्न पाएकामा पाकिस्तान खुसी रहेको बताए । यो सहयोग पाकिस्तान–नेपाल सम्बन्धका निम्ति महत्त्वपूर्ण स्तम्भका रूपमा चिरकालपर्यन्त स्मरणीय रहने उनको भनाइ थियो ।

नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार राजदूत हास्मीले चितवन शिक्षण अस्पतालको भ्रमण गरेर त्यहाँका विद्यार्थीसँग छलफल गरेका थिए । त्यसअघि उनले लुम्बिनीको भ्रमण गरेर लुम्बिनी विकास बोर्ड र लुम्बिनी नगरपालिकाका कार्यवाहक प्रमुखसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।