चलचित्र ‘शिरजरा–सङ अफ ग्रान्डमोदर’ बन्ने
२ पुस काठमाडौं । नेपाल, अमेरिका र पोल्यान्डको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा–सङ अफ ग्रान्डमोदर’ बन्ने भएको छ ।विकास सुवेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुषालले निर्माण गर्नेछन् । चलचित्रको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् । पोल्यान्डमा पोष्ट–प्रोडक्सनको काम हुनेछ ।
चलचित्र निर्माणमा नेपालको किङडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्यान्डको फिक्जा फिल्मसले सहकार्य गर्ने भएका हुन् ।मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने चलचित्रको कथा खुलाइएको छैन । हाल प्रि–प्रोडक्सनको काम भइरहेको चलचित्रको छायांकन फेब्रुअरी २०२६ देखि सुरु हुनेछ । चलचित्रमा को–को कलाकार हुने छन् भन्नेबारे पनि निर्माणपक्षले जानकारी दिएको छैन ।